मूल नियमावलीको नियम ४१ को सट्टा देहायको नियम ४१ राखिएको छ ः–
“४१. सरुवा हुने निजामती कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने ः
(१) कुनै कार्यालयको प्रमुख अर्को कार्यालयमा सरुवा हुँदा निजले आफ्नो जिम्माको कार्य सम्पादन मूल्याङ्कन
फारामहरू, लेखा, बेरुजु फछ्र्यौट र बाँकीको विवरण, गोप्य कागजातहरू, पेश्कीको
स्थिति र कार्यालयको फछ्र्यौट गर्न बाँकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने गरी
विवरण तयार गरी हालवालालाई वा निज नभए निकटतम ज्येष्ठ निजामती कर्मचारीलाई
बुझाउनु पर्नेछ
(२) कार्यालय प्रमुख वाहेकका अन्य निजामती कर्मचारीको सरुवा हुँदा निजले
आफ्नो जिम्मामा रहेको बाँकी वक्यौता, कार्यालयको फछ्र्यौट गर्न बाँकी कार्यहरूको
प्राथमिकता स्पष्ट देखिने विवरण र आफ्नो कार्य विवरण अनुसारको काम सम्बन्धी
विवरण तयार गरी कार्यालय प्रमुखले तोकेको निजामती कर्मचारीलाई बुझाउनु पर्नेछ ।
तर काबु बाहिरको परिस्थिति परी समयमा विवरण बुझाउन नसकेमा सरुवा
भएको कार्यालयमा हाजिर भएको सात दिन भित्र विवरण तयार गरी साविक कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्रतिवेदन नवुझाउने निजामती कर्मचारीलाई
अख्तियारवालाले विभागीय सजाय गर्नेछ ।”